टिप्पर दुर्घटनामा अस्ताए, अजयमेरुका दिपक

प्रशान्त ऐर, १४ धनगढी,डडेल्धुरा जिल्ला सदरमुकाम नजिक भएको टिप्पर दुर्घटनामा ज्यान गुमाउने र घाईतेको परिचय खुलेको छ ।

ज्यान गुमाउनेमा जिल्लाको अजयमेरु गाउँपालिका वडा नम्बर २ बस्ने चालक दिपक ऐर रहेको डडेल्धुरा प्रहरीका सुचना अधिकारी राजेन्द्र चन्दले बताए । घाईते हुनेमा दाँङ गडुवा गाँउपालीका ५ बस्ने असिम चौधरी रहेको सुचना अधिकारी चन्दले बताएका छन्,।

शनिबार अपरान्ह अमरगढी नगरपालीका ५ बगरपाटा स्थित सुकेधाराको भिरबाट सुप ००१ क १८७९ नम्बरको टिप्पर ब्याक गर्दा खसेको जनाएको छ । घाईते चौधरीको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको जनाइएको छ् ।

केस निमार्ण कम्पनीको टिप्पर रानीधाराबाट खोलामा खसेको हो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.