कञ्चनपुरमा हात्तीको आक्रमणबाट सोमवार साँझ एक जनाको मृत्यु

धनगढी १३ भाद्र । कञ्चनपुरमा हात्तीको आक्रमणबाट सोमवार साँझ एक जनाको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका – ७ मा जङ्गली हात्तीको आक्रमण बाट मृत्यु भएको हो ।

मृत्यु हुनेमा शुक्लाफाँटा– ७ सिमलफाँटा बस्ने कालुराम जोशीकी २२ वर्षिया छोरी मिना जोशी रहेको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताए ।

उनका अनुसार घर नजिकै हात्ती देखेपछि भाग्ने क्रममा बाँसको झाडीमा हात्तीले जोशीलाई आक्रमण गरेको हो ।

मृतक जोशीको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लैजाने तयारी भइरहेको ईलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.