जन्मदिन अवसरमा असायलाई खाद्यान्न सहयोग गरे युवा व्यवसायी मिलनले
धनगढी १३ भाद्र । धनगढीका युवा व्यवसायी मिलन कुंवरले जन्मदिन अवसरमा असायलाई खाद्यान्न सहयोग गरेका छन् । उनले आज (अईतबार) अवसरमा बाहिर अनावश्यक फर्जुल खर्च गर्नुभन्दा असाय गरिब दुखीलाई सानो भएपनि सहयोग गर्नुपर्छ भन्ने सोचले सहयोग गरेका हुन् ।
कुवरले कैलालीको धनगढी मा अवस्थित दृश्टि फाउन्डेसन र बौनियामा रहेको साहारा घरका असायलाई खाद्यन्न वितरण गर्दै जन्मदिन मनाएको बताए । दृष्टि फाउन्डेसनमा उनले ८ कट्टा चामल, दाल ३० किलो,५ पोका नुन, १ बोरा आलु, ५ लि. तेल , चाउचाउ २ पेटि ,चिनी ५ किलो सहयोग गरेका हुन् ।
साथै साहारा घर मा १० कट्ठा चामल , २ कट्टा दाल, १ कट्ठा नुन, १ बोरा आलु, १ पेटि तेल ३ पेटि चाउचाउ साथै बिहान को भोजन गराउनु भाको हो ।
यस्तै उनले आज नै धनगढी बजारको लागि कैलाली उधोग बाणिज्य संग लाई १२५ लिटर को ३० ओटा डसबिन पनि हस्तान्तरण गरेका छन ।