बझाङमा सार्वजनिक शौचालय प्रयोग विहिन

धनगढी १३ भाद्र । बझाङको जयपृथ्वी नगरपालिकाले बनाएको सार्वजनिक शौचालय प्रयोग विहिन भएको छ । सो सौचालय छ वर्षभन्दा अघि नागरिक सैनिक सहयोग ( सीआइएमआइसी) कार्यक्रमअन्तर्गत नेपाली सेना, शत्रुमर्दन गुल्म र जयपृथ्वी नगरपालिकाको संयुक्त लगानीमा बनेको थियो ।

२०७३ जेठ १० गते सो शौचालयको शुभारम्भ गरिएको स्थानिय शौचालय भवन नजिकै पसल सञ्चालन गरेका एक व्यापारीले बताए । उनका अनुसार सुरुआती समयमा शौचालय निर्माणले निकै श्रेय बटुलेको भएपनि नगरपालिकाले शौचालयको आवश्यक व्यवस्थापनमा ध्यान नदिँदा शौचालय आफै फोहर बनेको ताए ।

उनले भने, सौचालय बन्द हुदा शौच गर्न खोज्ने खाजा खाने बहाना गर्दै होटलको शौचालय प्रयोग गर्छन् ।”नगरपालिकाका सूचना अधिकारी लालबहादुर थापाले भने नगरपालिकाले बनाएका सार्वजनिक शौचालय प्रयोगमा रहेको दाबी गरेका छन् ।

उनले अहिलेसम्म सर्वसाधारणलाई सार्वजानिक शौचालयमा शौच गर्न कठिनाइ नभएको बताए । बुङ्गल नगरपालिकाको कार्यालयभन्दा १० मिटर टाढा सार्वजनिक शौचालय छ ।

तत्काल नगरपालिकाले सार्वजनिक शौचालय नबनाएको र अब आवश्यकताअनुसार बनाउने नगरप्रमुख जयबहादुर धामीले जानकारी दिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.