हप्ताको दास्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घट्यो

धनगढी १३ भाद्र । हप्ताको दास्रो दिन आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य  तोलामा ६०० रुपैयाँले घटेको महासंघले जनाएको छ ।

महासाखाका अनुसार आइतबार छापावाल सुनको प्रतितोला ९५ हजार १०० रुपयामा कारोकार भईरहेको मा सोमबार तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार ५०० रुपैयाँ कायम भएकोे छ ।

त्यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज सोमबार घटेर प्रतितोला ९४ हजार रुपैयाँ कारोबार भइरहेको महासाखाले जनाइको छ ।

आज (सोमबार) चाँदीको मूल्य पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको प्रति तोलामा १५ रुपैयाँले घटेको छ ।

सोमबार तोलामा १५ रुपैयाँ घटेर चाँदीको मूल्य प्रतितोला १ हजार १४५ रुपैयाँ कायम भएकामहासाखाले जनाएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार १६० रुपैयाँ रहेको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.