कैलालीको मोहना नदीमा पानि बहाब बढ्यो,खतराको तह पार गर्दै

धनगढी १३ भाद्र । कैलालीको मोहना नदीले खतराको तह पार गरेको छ । आइतबार साँझदेखि परिरहेकोे वर्षाले उक्त नदिले खतराको तह पार गरेको हो ।

नदीमा पानिको बहाब बढे पछि तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालयले कैलालीले आग्रह गरेको छ ।
आइतबार साँझदेखि परिरहेको वर्षाले नदीको तह अहिले ३.१५ मिटर पुगेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

उनले ३.० मिटरलाई सचेत लेबल,३.६ मिटर पुगे खतराको संकेत मानिने मोहनानदीमा अहिले ३.१५ मिटर पुगेको बताए । नदीमा पानीको सतह खतरा भन्दा धेरै माथि पुगिसकेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह हो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.