तारालामा तामाङसहितका नेता एमालेमा फर्किंदै, पार्टि प्रवेस गराउन ओली आउँदै

धनगढी । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष विक्रम शाही, प्रतिनिधि सभा सदस्य विना बुढाथोकी, प्रदेश सभा सदस्य तारालामा तामाङ, नेता बीरबहादुर बुढाथोकी, बेदकोट नगरपालिकाका निर्वतमान मेयर अशोक चन्द, नेता रामचन्द्र रेग्मी लगायत नेताहरु नेकपा एमाले पार्टी प्रवेश गर्ने भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा सो पार्टीका प्रदेश अध्यक्षसहितका नेता नेकपा एमालेमा फर्किने भएपछि समाजवादी पार्टी आत्तिएको छ।

एमाले पोलिटब्युरो सदस्य निरुदेवी पालले भनिन्, “उहाँहरु सबै एमालेमै हुनुहुन्थ्यो । बीचमा अर्को पार्टीमा लाग्नुभयो । फेरि पुरानै घर फर्किंदै हुनुहुन्छ । यसले पार्टीलाई बलियो बनाउँछ ।”

पालका अनुसार कञ्चनपुरमा समाजवादीमा लागेका ८० प्रतिशत नेता कार्यकर्ताहरु एमालेमा फर्किन लागेका दाबी गरिएको छ ।

प्रवेश गर्नेमध्ये तारालामा तामाङ बलियो जनआधार भएका नेता मानिन्छन् । उनी कञ्चनपुर–१ बाट प्रदेशसभामा प्रतिनिधित्व गर्दछन् । उनी प्रदेश सरकारका अर्थमन्त्रीसमेत भइसकेका व्यक्ति हुन् । कञ्चनपुर–१ माओवादी नेता बिना मगर निर्वार्चित भएको क्षेत्र हो ।

तारालामा एमालेमा फर्किंदा त्यसको असर सत्ता गठबन्धनलाई समेत पर्ने सम्भावना छ । यसबाहेक विक्रम शाही एमाले कञ्चनपुरका पूर्व जिल्ला इञ्जार्ज समेत हुन् ।

उनीहरुलाई पार्टीमा भित्र्याउन एमाले अध्यक्ष केपी ओलीसहितका नेताहरु आगामी बुधबार कञ्चनपुर आउँदैछन।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.