दार्चुलाको व्यासमा निःसन्तान दम्पती,एकल पुरुषलाई भत्ता

धनगढी १२ भाद्र । दार्चुलाको व्यास गाउँपालिकाले निःसन्तान दम्पती र एकल पुरुषलाई मासिक सामाजिक सुरक्षा भत्ता दिने भएको छ  । बुधबार बसेको गाउँकार्यपालिका बैठकले व्यास गाउँपालिकाको स्थानीय सामाजिक सुरक्षा भत्ता कार्यविधि २०७९ पारित गर्दै भत्ता दिने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष मंगलसिह धामीका अनुसार ४५ वर्ष पूरा भएका विवाह नगरेका वा श्रीमतीको मृत्यु भई अर्को कुनै विवाह नगरेका एकल पुरुष तथा ४५ वर्ष पूरा भएका निःसन्तान दम्पती दुवै जनालाई संघीय सरकारको भत्ता लागू नहुँदासम्म मासिक रूपमा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरेको हो ।

पालीकाले लाभग्राहिलाई मासिक पाचँ सय रुपैयाका दरले वितरण गर्ने व्यवस्था गरेको अध्यक्ष धामीले जानकारी दिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.