प्रदेस सरंचना हटाएर मात्रै भ्रष्ट्राचारको अन्त्य हुदैन,माओवादी सुदूरपश्चिम इन्चार्ज भट्ट
नेकपा माओवादी केन्द्रका नेता खगराज भट्टले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको देश घाती कदमका विरुद्ध गठबन्धन गर्नु परेको जानकारी दिए ।
एक्टिभ न्यूज.कम सगं कुराकानी गर्दै उनले ओलीले सविंधान र सविंधानका व्यवस्थां माथि प्रहार गरेर राष्ट्रघाती कदम चालेकोले यो परिस्थिती आएको दावि गरे । अहिलेको गठबन्धनले निर्वाचनमा सकरात्मक नतिजा ल्याउन सकोस भनेर अहिले छलफलमा रहेको,गठबन्धनको भाग बन्डा नमिलेको,केहि दिनमै सबै कुरा मिलेर गठबन्धनका दलहरु चुनावमा होमिने उनले जानकारी दिए ।
नेकपा माओवादी सुदूरपश्चिम इन्चार्ज समेत रहेका उनले पाँचदलीय सत्ता गठबन्धनले बनाएको कार्यदलले हाल सिट बाँडफाँट गरिरहेको बताए । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य रहेका खगराज भट्ट सुदूरपश्चिमका सक्रिय नेता हुन् । स्थानीयसँग भिजेका खगराज अध्ययनले पनि खारिएका नेतामा दरिन्छन् ।
संसदीय चुनावको माहौल तातिएसँगै यतिबेला खगराजको राजनीतिक लेखाजोखा चुलिएको छ । नेता भट्टले प्रदेशको मुख्यमन्त्री हुने कि सांसद ? प्रदेशसभाको चुनाव जितेमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका हुने,कञ्चनपुर क्षेत्र नंं. २ बाट निर्वाचन लड्ने भन्ने समाचारमा आएको तर त्यो सत्य होईन । कसले कहाँ लड्ने भन्ने अहिले नै नटुङ्गिएको बताए ।
प्रदेसमा भ्रष्ट्राचार गर्ने मान्छेले सघंमा पनि भ्रष्ट्राचार गर्ने बताउदै उनले प्रदेस सरंचना हटाएर मात्रै भ्रष्ट्राचारको अन्त्य नहुने बताए । उनले भ्रष्टाचार कम गर्नको लागि निति,नियमै कडाई गर्नु पर्नेमा विषेस जोड दिए । फरक प्रसगंमा उनले नेकपा एमालेका जिम्मेवार नेताहरुले प्रदेश चाहिदैन भनेर हिडिरहेको तर विगतमा उनीहरुले सघिंयता चाहिन्छ भनेर किन भने उनले प्रस्न गरे। नेकपा एमाले राजसस्थां फर्काउन भनेर राप्रपा सगं सहकार्य गरिरहेको उनको आरोप छ ।