धनगढी उप–महानगरपालिकाको वडा नं १० को वडा कार्यालयमा तालाबन्दी

धनगढी ११ भाद्र । धनगढी उप–महानगरपालिकाको वडा नं १० को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । ज्यालादारी कर्मचारीलाई वडा कार्यालयले निकालेको भन्दै स्थानीयले ताला लगाएका हुन् ।

वडामा ज्यालादारी कर्मचारीको रुपमा काम गर्दै आएकी ममता चौधरीलाई कामबाट हटाएर अरू कर्मचारी राखेको भन्दै स्थानीयले विरोधसँगै तालाबन्दी गरेका हुन्।

नगर सभाको निर्णय बाहेक आफूले कुनै निर्णय नगरेको वडा अध्यक्ष शिव कुमार रानाले प्रतिक्रिया दिएका छन् । उनका अनुसार कार्यालयमा स्थानियले तालाबन्दी गरेपछि वडाको कामकाज प्रभावित भएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.