अछाममा हजुरआमामाथि कुटपिटको भिडियो खिच्ने नाती प्रहरीद्धारा सम्मानित

भनगढी १० भाद्र । अछाममा हजुरआमामाथि कुटपिट भइरहेको भिडियो खिच्ने नातीलाई प्रहरीले सम्मान गरेको छ ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–६ का ११ वर्षीय दीपेन्द्र न्यौपानेले ५३ वर्षीया हजुरआमा जैसरा न्यौपानेमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको भिडियो खिचेका थिए । उक्त भिडिणे खिचेको भन्दै दीपेन्द्रलाई प्रहरीले आज (शुक्रबार) एक कार्यक्रमका बीच सम्मान गरेको हो ।

जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा सुदूरपश्चित प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डाक्टर रणबहादुर रावलले उनलाई सम्मान पत्रले सम्मान हुन् ।

गाउँ समाजमा लुकेर रहेका घर भित्रका हिंसाका घटनालाई भिडियो खिचेर बाहिर ल्याई घटनामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउनमा महत्वपूर्ण योगदान पु¥याएकाले उनलाई सम्मान गरिएको जिल्ला प्रहरी प्रमुख (डीएसपी) नारायण डाँगीले बताए ।
उनका अनुसार आफ्नै बुहारी र देउरानीले जैसरालाई लछारपछार गरी शारीरीक तथा मानसिक रुपमा अपमानजनक र अमानवीय ब्यबहार गरेको दीपेन्द्रले खिचेका थिए ।

सो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले कुटपिटमा संलग्न दुबै महिलालाई पक्राउ गरी कानुनी कारबाहीको प्रक्रियामा लगेको (डीएसपी) डाँगीले जानबारी दिए ।

(डीएसपी) डाँगीका अनुसार बुहारीको कुटपिटबाट जैसरा राम्रोसँग बोल्न सक्दैनन् । सो घटना भदौ ७ गते भएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.