कानुन मन्त्री डा.रावलले अछाम जिल्लाको प्रहरी कार्यालाय र प्रशासनको निरिक्षण गरे
धनगढी, १० भाद्र । सुदूरपश्चिम प्रदेशका आन्तिरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले अछाम जिल्लाको प्रहरी कार्यालाय र प्रशासन कार्यालयको निरिक्षण गरेका छन् ।
शुक्रबार मन्त्री रावलले अछामको जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अनुगमनका साथै सुरक्षा समितिको बैठक पनि बसेका छन् । बैठकमा बिपद्को अबस्था र त्यसको पुर्वतयारीका बारेमा छलफल गरिएको बताए ।
छलफलका क्रममा मन्त्री रावलले विपद्ले धेरै धानजनको क्षति हुनेभएकोले त्यसको पुर्वतयारीका लागि जुट्न समेत सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् । विपद्का समयमा रहत तथा उद्धारका लागि सुदूरपश्चिम प्रदेश सरकार तयार रहेका बताए ।
सुरक्षा समिति बैठकमा अछामका प्रमख जिल्ला अधिकारी बिश्वराज मरासैनी, अछामका नेपाल प्रहरी प्रमुख तथा डिएसपी नारायण डाँगी, शसस्त्र प्रहरी डिएसपी खेमराज ठकुल्ला र नेपाली सेना, राष्ट्रिय अनुसान्धान प्रमुखको सहभागी रहेको थियो ।