दार्चुलामा प्रहरीद्धारा तीन किलो चरेस बरामद

धनगढी १० भाद्र । दार्चुलामा प्रहरीले तीन किलो चरेस बरामद गरेको छ । प्रहरीले महाकाली नगरपालिका– २ बाट सा पदार्थ बरामद गरेको हो ।

दल्लेख प्रहरी चौकीबाट गस्तीमा रहेको टोलीले सो परिमाणको पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर हिक्मतबहादुर थापाले जानकारी दिए । उनका अनुसार नौगाड गाउँपालिकाको दल्लेखबाट जिल्ला सदरमुकाम खलंगा आइरहेका एक पुरुषलाई शंका लागेर जाँच गर्न खोज्दा थिए ।

प्रहरी आएको थाहा पाउदा ती पुरुष झोला फालेर भागेको इन्स्पेक्टर थापाले बताए । उनका अनुसार फरार व्यक्तिको खोजी भइरहेकोे छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.