कैलालीको लम्कीमा भाद्र ३० गते देखी महोत्सव हुदै

धनगढी १० भाद्र । कैलालीको सांगितीक महोत्सव २०७९ हुने भएको छ । लम्की एफ.एम.को आयोजनामा भदौ ३० गते देखि उक्त महात्सव हुनेभएको हो ।

महोत्सव मुल समिति संयोजक दिपक सुनारले पत्रकार सम्मेलनमा बोल्द लम्की हाईबे मिडिया प्रा.लि. द्धारा सञ्चालित लम्की एफ.एम. ९२.१ मेघाहर्जको आयोजनामा भदौ ३० गते देखि असोज ९ गते सम्म सञ्चालन हुने मार्फत जानकारी दिए । उनका अनुसार बौनियामा रहेको सहारा घरको सहयोगार्थ महोत्सव गर्न लागिएको बताए । उक्त महोत्सवमा स्थानिय स्तरको,भेषभुसा झल्कीने कलासंस्कृतिको पर्दशन गरिनुका साथै ब्यापारीक,ब्यावसायिक र कृर्षि स्टल समेत रहने छन् ।

सांगितीक महोत्सव अवधिभर स्थानिय तथा राष्ट्रिय कलाकारको समेत प्रस्तुति रहने आयोजक लम्की एफ.एम.ले जनाएको छ । महोत्सव बाट उठेको आम्दानीले लम्की एफ.एम.को विकासका साथै यस क्षेत्रको सामाजिक विकासमा सहयोग गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

सोहि आम्दानिबाट बौनियामा रहेको सहारा घरको सहयोगका लागि प्रति टीकट बाट ५ रुपैयाँ छुट्याउने महोत्सव मुल समिति संयोजक दिपक सुनारले जानकारी दिए । आयोजकका अनुसार १० दिन सम्म सञ्चालन हुने सो महोत्सबमा करीब २०÷२५ लाख खर्च र सोही अनुसारको आम्दानी रहने अनुमान गरेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.