नेकपा एकीकृत समाजवादीका प्रभावसाली नेता शाहीले गरे पार्टी परित्याग

धनगढी ९ भाद्र । नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश प्रभावसाली नेता विक्रमबहादुर शाहीले पार्टी परित्यागको घोषणा गरेका छन् । शाहीले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै पार्टी छाडेको घोषणा गरेका हुन् ।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै शाहले गत वर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो त्यसको पछाडि लाग्नेमा म पनि थिएँ ।

’शाहीका अनुसार नेकपा एमालेपार्टी विभाजनले कांग्रेस लगाएत पश्चिमा पुँजीवादीहरूलाई मात्रै फाइदा पु¥याएको छ । उनले पार्टि विभाजवनले अनफुलाई पछुतो र आत्मग्लानी भएका बताइ ।

उनले भने,“विगत ५–६ महिनादेखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको अवस्था थियो, आजका मितिदेखि म कुनै दलसँग आवद्ध नरहेको घोषणा गर्दछु”।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.