पूर्चौडीमा खडाँ गरिदै नक्कली कोभिड प्रभावित,वास्तविक पीडित ओझेलमा
विष्णु भट्ट,धनगढी ०९ भाद्र । बैतडीको पूर्चौडी नगरपालिकाले अनियमितता गरेको भेटिएको छ । पालिकाले “कोभिड १९ को माहामारी प्रभावित अती विपन्न परिवार नगद हस्तान्तरण कार्यक्रममा” मा अनियमितता गरेको भेटिएको हो ।
पालिकाले गत आर्थिक मसान्त सम्म विपन्न परिवारलाई भूक्तानी गर्नु पर्ने रकम अहिले आएर ६९ जनालाई मात्र गरेको छ । पूर्चौडी नगरपालिका का १० ओटै वडाका कोरोना प्रभावितहरुले अनुसूचि फारम भरेका थिए, तर अहिले फारम भरेका भन्दा पनि पुरानो मिती हालेर नयाँ कोरोना प्रभावित खडा गरी फारम भर्न लगाईरहेको तथ्य सार्वजनिक भएको वडा नं. ८ मल्लादेहीका निःवर्तमान वडा अध्यक्ष जनक विष्टले जानकारी दिए ।
उनले थपे मेरो कार्यकाल सकिईनै सक्यो तर पुरानो मिती राखेर मैले नै फेरी सिफारिस गर्नु पर्ने भनी भनी स्थानीय सिफरिस माग्न आउँदै छन् म के गरु ? आफूले त्यस्तो काम गर्न नमिल्ने बताए को तर वडाका अहिलेका कार्यवाहकले २ जनालाई अनाधिकृत रुपमा सिफारिस दिई सकेको बताए ।
पालिकाले पुरानो मिती हालेर सिफारिस माग्न आफ्नो वडामा पनी केही स्थांनीयलाई सिफरिस गर्न पठाएकोे तर पुरानो मितीको सिफरिस दिन नमिल्ने भन्दै केही स्थांनीयलाई फर्काएको वडा नं. ५ कुवाकोटका वडा अध्यक्ष नागी सिंह खडायतको दावी छ ।अनाधिकृत रुपमा सबै भन्दा बढिले नक्कली सिफारिस वडा नं. १ हाटँ बाट लिएको उनले बताए ।
पूर्चौडीमा नेपाली काग्रेंसको बहुमतको सरकार छ तर सरकार गठन भएदेखि नै विवादमा तानिएको छ ।
यस विषयमा पूर्चौडी नगरपालिकाका नगर प्रमुख दिपक बहादुर बम लाई सोध्दा त्यसको कार्यदल बनाईएकोले कार्यदलले काम गरि रहेको जानकारी दिए । नक्कली कोभिड प्रभावित खडा गरिएको बारे सोध्दा उनले स्पस्ट जवाफ दिन सकेनन् ।
समाजिक सञ्जांलमा यसको चर्को विरोध भैरहेको छ । पढौ केही केमेन्ट।।।