डोटीमा नवजात शिशुसहित सुत्केरी स्वास्थ्यकर्मीको मृत्यु
धनगढी ९ भाद्र । डोटीमा सुत्केरी स्वास्थ्यकर्मीको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–६ गिरीचौकाकी ३२ वर्षीया जानकी बोहरा खडायत र उनको नवजात शिशुसहितजिल्ला अस्पताल डोटीमा मृत्यु भएको हो ।
उनले मृत अवस्थाको शिशुलाई जन्म दिएको केही समयपछि उच्च रक्तस्रावका कारण मृत्यु भएको जिल्ला अस्पताल डोटीले जनाएको छ । अस्पतालका डाक्टर राजेन्द्र फुलाराका अनुसार उनलाई स्वास्थ्यमा समस्या देखिएपछि करिब ३ घण्टाको बाटोमा स्ट्रेचरमा बोकेर गाउँपालिकाको केन्द्रसम्म पु¥याइएको थियो ।
बोहोराको स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि जिल्ला अस्पताल लगिएको थियो । डाक्टर फुलाराका अुसार अस्पताल पुगेको १० मिनेटमा मृत शिशुलाई जन्म दिएपनि अत्याधिक रक्तश्रावका हुदा डेढ घण्टापछि उनको मृत्यु भएको हो ।
उनको बुधबार बिहान निधन भएको डाक्टर फुलाराले बताए। उनी २०७० सालदेखि घर नजिकैको गिरिचौका स्वास्थ्य चौकीमा कार्यरत थिइन् ।