डोटीको बोगटान फुड्सिलमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी ८ भाद्र । डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा न ७ फुल्य ढुङ्गामा बालुवा बोकेको ट्याक्टर दुर्घटना हुदा एक घाईते र जनाको घटनासथलमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा बोगटान फुड्सिल गाउँपालिका नं. ७ का वर्ष १७ का जिवन भुल रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरि नायब उपरिक्षक भोला भट्टले जानकारी दिए । उनका अनुसार सोहिं ठाउँका वर्ष १३ का पारस बम घाईते भएका छन् ।

उनको स्थानिय स्वास्थ्य चौकिमा उपचार भैरहेको प्रहरिले जनाएको छ । प्रहरीका अनुसार बालुवा बोकिरहेको सु प प ०१००२ त ४७७६ नम्बरको ट्याक्टर सडकबाट करिब १० फिट तल खसेको थियो ।

ट्याक्टर चालक वर्ष २५ का प्रेम चौधरीला लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.