बैतडीमा प्रधानाध्यापकले फेसबुक स्टाटस लेखेको भन्दै विद्यार्थी माथि गरे  हातपात

धनगढी ८ भाद । बैतडीमा विद्यालयका प्रधानाध्यापक र लेखापालले विद्यार्थी माथि हातपात गरेको अरोप लागेको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नं ४ स्थित उदयदेव मावि पालिगडाका प्रधानाध्यापक कालु सिंह साउँद र लेखापाल केशब साउँदले सोही विद्यालयका विद्यार्थी जयन्त प्रशाद भट्ट माथि हात पात गरेको आरोप लगोको हो ।

विद्यार्थि भट्ट विद्यालयमा अर्थशास्त्र विषयको शिक्षक अभाव बारे फेसबुकमा लेखेका थिए । सोहिम कुरा लिएर एसइइ ग्रेड वृद्धि परीक्षाको प्रवेश पत्र बुझन विद्यालयमा गएका बेला हातपात गरेको विद्यार्थी भट्टले बताए । सोमबार विद्यालयमा प्रवेश पत्र लिन गएको थिए, प्रधानाध्यापक र लेखापालले दुरव्र्यवहार गरेर हातपात गरको भट्टले बताएका छन् ।’ उनले अर्थशास्त्र विषयको शिक्षक नभएको कुरा फेसबुकमा किन लेखिस भनेर गालीगलौच सहित हातपात गरेका बताए ।

भट्टले केहि दिन पहिले अर्थशास्त्र विषयको शिक्षक अभाव भएको यर्थात कुरालाई फेसबुकमा लेखेको बताए । भट्टका अनुसार प्रधानाध्यापकले कपाल समातेर आफुमाथि दुरव्र्यवहार गरेको र लेखापालले हातखुट्टा भाँच्छु भन्ने सम्म्को धम्की दिएरको छ । जयन्तप्रशाद भट्टले सोही विद्यालयबाट २०७८ सालमा एसइइ दिएका थिए ।

विद्यालयका प्रधानाध्यापक कालु सिंह साउँदले हातपात नगरेको बताएबा छन् । उनर्ले भट्टलाई झुट्टा कुरा किन लेख्छौ भनेर सम्झाएको मात्र बताए । उनले हातपात दुरव्र्यवहार, धम्की गालीगलौच ग¥यो भनेर आरोप लगाएको उनले बताए । साउँदले ‘विद्यालयमा अर्थशास्त्र विषको शिक्षक छैन भन्ने कुरा तथा कक्षाकोठामा शिक्षक आउँदैन्न भन्ने कुरा लेखेर बदनाम नगर भनेर सम्झाएको मात्रै बताए ।

प्रधानाध्यापक साउँदका अनुसार विद्यालयमा अर्थशास्त्रको मावि शिक्षक नभएपनि निमावि शिक्षकले पढाउने गरेका छन् ।स्रोतका अनुसार निजी स्रोतबाट सञ्चालनमा रहेको विद्यालयमा अर्थशास्त्र विषयको मावि शिक्षक नभएपनि सक्षम शिक्षकहरुले अध्यापन गर्ने गरेका र बालबालिका पढाइबाट बञ्चीत नभएको दावी छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.