समानुपातिक निर्वाचनमा भाग लिने दलले भदौ १२ गते सम्म दल दर्ता गरिसक्नु पर्ने

धनगढी ८ भाद्र । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागी समानुपातिक निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दललाई निवेदन दिन आव्हान गरेको छ ।

आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहाने राजनीतिक दललाई निवेदन पेश गर्ने आव्हान गरेको हो । निर्वाचनमा भाग लिनका लागि भदौ १० देखी भदौ १२ गते सम्म समानुपातिक तर्फको दल दर्ता गरिसक्नु पन निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार समानुपातिक तर्फको निर्वाचनमा भाग लिने राजनीतिक दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनु पर्नेछ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.