अछामका कैद भुक्तान गरिरहेका एक जनाको मृत्यु

धनगढी ०८ भाद्र ।अछाम जिल्ला कारागार अछाममा कैद भुक्तान गरिरहेका एक जनाको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर–५ का बेदराज भाटको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृतु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत अछामले भाटलाई १० वर्ष ३ महिना ८ दिनको कैद सजायको फैसला गरेको थियो । आफ्नै शरीरमा चिथोर्ने, कराउने गर्न थालेपछि जिल्ला अस्पताल अछाममा लगिएको र थप उपचारका लागि सेती प्रादेशिक अस्पताल रेफर गरिएको थियो । जेल गएको हप्ता दिन नपुग्दै उनको मृत्यु भएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.