बन्द गराउँदै हिँडेका बन्दकर्तालाई स्थानीयले गरे रामधुलाई

काभ्रे । बनेपामा बन्द गराउँदै हिँडेका बन्दकर्तालाई स्थानीयले कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन् ।

मगंलवार बनेपाको चारकुनेमा ढुंगा हानेर गाडी तोडफोड गर्न खोजेपछि स्थानीयले बन्दकर्तालाई नियन्त्रणमा लिएर कुटपिट गरेका छन् । स्थनले बन्दकर्ताको कपडा समेत च्यातेका छन् ।

स्थानीयले बन्दकर्तालाई कुटपिट गरेपछि प्रहरी घटनास्थल पुगेको र लगत्तै स्थानीयले प्रहरीको जिम्मा लगाए थिए ।

पक्राउ परेका व्यक्ति चार कम्युनिष्ट पार्टीको मध्ये एक पार्टीको कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.