सुदूरपश्चिममा बन्दको प्रभावःविभिन्न स्थानमा शंकास्पद बस्तु फेला

धनगढी ७ भाद्र । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले मंगलबार बिहानै देखि गरेको नेपाल बन्दको प्रभाव कैलाली सहित सुदूरपश्चिमका सबै जिल्लाहरुमा देखिएको छ । कैलालीका सडक तथा चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो रहेको छ ।

कैलाली सहित सुदूरपश्चिमका जिल्लाहरुमा लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् । बन्दको समयमा सवारि साधन चलाउदा बन्दकर्ताहरुले साधनमा क्षति पुर्याउन सक्ने डरले सञ्चालनमा आउन नसकेका यातायात व्यवसायीले बताए । बन्दका कारण कैलालीका छोटा दुरीका साना सवारी फ्याट्टफुट्ट चलेपनी , लामोदुरीका सवारी साधन सञ्चालनमा नरहेका यातायात व्यवसायीले बताए ।

कैलाली र कञ्चनपुरमा अटोरिक्सा तथा मोटरसाइकल भने फ्याट्टफुट्ट चलिरहेका छन् ।  प्रदेशभरीका शिक्षणसंस्थाहरु, तथा सरकारी कार्यालय बन्दका कारण खुल्न सकेका छैनन् । बन्दकै बेला प्रदेशका विभिन्न जिल्लामा बिहानै देखि शंकास्पद वस्तु फेला परेका छन् । कैलालीको अत्तरीयामा राखिएको शंकास्पद वस्तु पनि सेनाको टोलीले डिस्पोज गरेको छ ।

उता बैतडीको सतबाँझमा दुई ठाउँमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोली डिस्पोज गरेको छ । विप्लव नेतृत्वको नेकपाले सरकारसँग भएको ३ बुँदै सम्झौताअनुसार आफ्नो पार्टीका नेता÷कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता गर्नुपर्ने, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै मंगलबारका लागि देशव्यापी बन्दको घोषणा गरेको हो ।

सरकारले अमेरिकासँग गरिएको एमसीसी, सम्झौता खारेज गर्नुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने लगायतका माग राखेर अन्य ३ पार्टीले बन्दमा समर्थन गरेका छन् । विप्लव नेतृत्वको नेकपाले गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.