कृषि मन्त्रालयका स्वकीय सचिव अस्वभनिय अवस्थामा कार्यकक्षमा सुतेको भेटिएः सुदूरपश्चि प्रदेश
धनगढी ६ भाद्र । सुदूरपश्चिम प्रदेश सरकारको एक मन्त्रालयका स्वकीय सचिव कार्यकक्षमा सुतेका भेटिएका छन् । सोमबार सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा स्वकिय सचिव सुतेको अबस्थामा भेटिएका हुन् ।
सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री मानबहादुर सुनारको कार्यकक्षमा उनका स्वकीय सचिव पवन बयेक उर्फ ‘किमजोङ’ अशोभनिय अवस्थामा मस्त निन्द्रामा सुतेको भेटिएका हुन् । मन्त्रालयमा पुग्दा कार्यकक्षमा मन्त्रीको कुर्ची खाली थियो, ‘किमजोङ’ भने भुइँमा लगाइएको कार्पेटमा मस्त निद्रामा सुतिरहेका भेटिए ।
मन्त्री भेट्न आइपुगेका एक सेवाग्राहीले भने,‘मन्त्री भेटौ र केही समस्या दर्शाउ भनेर खाएको थिए,मन्त्रीको कुर्ची खाली रैछ, भुइँमा भने उनका स्वकीय सचिव किमजोङ एसीको चिसोमा मस्त निद्रामा सुतेका थिए । हामी बोल्यौं, तर उनी उठ्दै उठेनन् ।’
उनले मन्त्रीको कार्यकक्षमा सुत्नु अशोभनिय भएकोे बताए । उनले भने‘कृषिको क्षत्रको विकास गर्ने मन्त्रीकै स्वकीय सचिवे कार्यकक्षमै निदाउने रहेछन्,त्यही भएर त कृषि क्षेत्रको कहिल्यै विकास भएन,। यस विषयमा सो राज्यमन्त्री सुनारसँग प्रतिक्रिया माग्दो,‘मन्त्रीकै कार्यकक्षमा स्वकीय सचिव सुत्नु राम्रो काम नभइको बताए ।’
उनले केही दिनदेखि आफू काठमाडौंमा रहेको बताए । आफु काम विशेषले केही दिनदेखि काठमाडौं भएको र त्यहि मौका छोप्दै कार्यकक्षमा स्वकीय सचिव त्यसरी सुत्नु गलत भएको बताए । मन्त्री सुनारले भने,‘यो अस्वस्थ सुत्ने भए घरमा सुत्नुपर्ने हो, तर मन्त्रालयमै आएर सुत्नु गलत हो ।