बैतडीमा सुत्केरी हुन नसकेकी गर्भवती महिलालाई हेलिकप्टरबाट उद्धार
धनगढी ६ भाद्र । बैतडीमा एक गर्भवती महिला सुत्केरी हुन नसकेकी हेलिकप्टरबाट उद्धार गरिएको छ । आज (सोमबार)जिल्लाको सिगास गाउँपालिका– ६ स्थित थालाकाडा स्वास्थ्यचौकीबाट महिलाको बिहान ११ बजे उद्धार गरिएको हो ।
स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टका अनुसार आइबार देखि सुत्केरी बेथा लागेर स्वास्थ्यसंस्था पुगेकी २० वर्षीया विन्दु धामीलाई सुत्केरी हुन नसकेपछि हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेतस्थित प्रादेशीक अस्पताल लगिएको बताए । उनले महिलाको अवस्था थप जटिल बन्दै गएपछि उद्धार गरेर पठाइएको बताए ।
सिगास गाउँपालिकाबाट जिल्ला अस्पताल ल्याउनको लागि समय बढी लाग्ने भएकोले सेनाको हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेतको अस्पतालमा पठाइएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । उनलका अनुसार जिल्ला अस्पतालमा पु¥याउन धेरै समय लाग्छ । केही समय पैदल पनि हिँड्नुपने गर्भवती महिलाको अवस्र्था भएकाले उद्धार गरेर पठाइएको बताए ।