धनगढीमा गौरा महोत्सव २०७९तथा प्रादेशिक डेउडा प्रतियोगिता हुदैः संयोजक(डोटेली कान्छा)
दिपक बम, धनगढी ६ भाद्र । सुदूरपश्चिममा गौरा महोत्सव २०७९ तथा प्रादेशिक डेउडा प्रतियोगिता हुने भएको छ । डेउडा प्रतिष्ठान केन्द्रीय कार्यालय शुदूरपश्चिम प्रदेसले आयोजना गर्ने भएको हो ।
सोमकार पत्रकार सम्मेलनमा बोल्दै सांस्कृतिक समितीका कार्यक्रम संयोजक सुरत रावत(डोटेली कान्छा)ले कर्णालिको पहिचानको रुपमा रहेको डेउडा लोक संस्कृति संगै नेपाली भाषाको संरक्षण,सम्वर्द्धन गर्न सो कार्यक्रमको आयोजना गर्न लागियको बताए ।
उनले देउडा प्रतिष्ठानको पछिल्लो पुस्तालाई लोक संस्कृतिको जगेर्नामा उत्साहित तथा पुस्ता हस्तान्तरण गर्ने उदेश्य रहेको बताए । संयोजक (डोटेली कान्छा)ले उक्त प्रतियोगिताको आयोजना,गौरा पर्व २०७९ को अवसर पारी यहीँ भाद्र १७ गते देखि १९ गते सम्म धनगढी उप–महानगरपालिकाको चौरमा हुने बताए ।
उक्त कार्यक्रमम प्रादेशिक डेउडा प्रतियोगिता, नौं वटै जिल्लाका झाँकी, गौरा प्रदशन,लोक बाजाको प्रदशन एवम् प्रबद्र्धन,नौं वटै जिल्लाका कलाकारहरुको लोक नृत्य तथा गायन प्रस्तुति,बाल प्रतिभाको प्रबद्र्धन,चर्चित कलाकारहरुको प्रस्तुति रहने संयोजक (डोटेली कान्छा)ले जानकारी दिए ।
उनले सो प्रतियोगितामा प्रथम हुने टिमलाई २५ हजार एक सय ११ रुपयाँ,दृतिय हुने टिमलाई १७ हजार एक सय ११ रुपया, त्यस्तै तृतिय स्थानमा आउने टिमलाई ११ हजार एक सय ११ रुपया र सान्तोना हुने टिमलाई पाँच हजार एक सय ११ रुपया प्रदान गरिने बताए ।
उनले भाषा, साहित्य,कला र संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व भएको बताए । सो कार्यक्रम सभ्य र भब्य हुने भएकाले सबैको उपस्थितीका लागी उनले आग्रह गरे ।