आरोपित श्रेष्ठ र बच्चाको डीएनए परीक्षण गर्ने सहमति पछि निहारिकाले अनशन तोडिन्
धनगढी ६ भाद्र । महोत्तरी जलेश्वरकी निहारिका राजपुतले सरकारसँग सहमति भएपछि हिजो आइतबार बेलुकी अनशन तोडेकी छन्। उनि १७ दिनदेखि काठमाडौँमा अनशन बसिरहेकी थिइन ।
निहारिकाले शिवराज श्रेष्ठले आफूमाथि धनुषामा जबरजस्ती करणी गरेको ,त्यसबाट बच्चा जन्मिएकाले आरोप लगाएकी थिइन् । आरोपित श्रेष्ठ र बच्चाको डीएनए परीक्षण गर्नुपर्ने माग राखेर उनले गएको जेठ २९ गतेदेखि काठमाडौँमा अनशन बसेकी थिइन् ।
उक्त सहमतिपत्रमा निहारिकाको माग बमोजिम उच्च अदालत जनकपुरमा विचाराधिन मुद्दाको डिएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने, डिएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने र माग पूरा भएकोले राजपुतले अनशन अन्त्य गर्ने उल्लेख छ ।
निहारिकाले केहि दिन अघि राष्ट्रपति भवन शीतल निवास अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेपछि उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको मा उपचारकै क्रममा उनि अनशनमा बसेकी थिइन् ।
निहारिकाले श्रेष्ठविरुद्ध कारबाहीको माग गरे पनि जिल्ला अदालतले जबरजस्ती करणीको मुद्दाबाट सफाइ दिएको थियो ।
आरोपि श्रेष्ठलाई सफाइ दिएको फैसलामाथि प्रश्न उठेपछि न्यायाधीश परशुराम भट्टराईलाई सर्वोच्चमा फिर्ता बोलाइएको छ ।