जिल्ला प्रशासन कार्यालय कैलालीमा मिटरब्याजी विरुद्ध उजुरी पर्न थाल्यो
धनगढी।जिल्ला प्रशासन कार्यालय कैलालीमा मिटरब्याजी विरुद्ध उजुरी पर्न थालेको छ। कैलालीका ४३ जनाले मिटरब्याजीविरुद्ध उजुरी दिएका छन्। गृह मन्त्रालयले भदौ ५ गतेसम्म मिटरब्याजीबाट पीडित भएकाहरुलाई उजुरी दिन आह्वान गरेको थियो।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनसुार कैलालीका ४३ जना पीडितले आइतबारसम्म मिटरब्याजीविरुद्ध उजुरी दिएका छन् ।