कानका बिरामीहरुका लागि सहारा बन्दै इम्प्याक्ट नेपाल कान उपचार केन्द्र)(फोटोफिचर)
धनगढी ५ भाद्र । इम्प्याक्ट नेपालको आयोजना र सि.बि.एमको आर्थिक सहयोगमा यही साउन ३१ गते देखी भाद्र ५ गते सम्म सञ्चालन भएको कानको निःशुल्क शल्यक्रिया शिबिर सम्पन्न भएको छ ।
उक्त शल्यक्रिया टिचिङ हस्पिटल काठमान्डौका नाक, कान रोग बिभागका डाक्टर हिमपाली दत्त र सुष्मा भट्चन तथा इम्प्याक्ट नेपालका टिमबाट गरीएको हो ।शिविर अवधीमा सुदूरपश्चिमका बिभिन्न पहाडी जिल्लाबाट करिब ६०० जनाले ओ.पि.डि सेवा तथा ७४ जनाले कानको निःशुल्क शिबिरबाट लाभान्वित भएका छन् ।
आर्थिक समस्याका कारण अन्य अस्पतालमा उपचार गर्न नसक्तदा लामो समय देखि कानको समस्या झेल्दै आएको दार्चुला घर भएकी सेवा ग्राहीं कमला महराले बताइन । उनले भनीन्,“ इम्प्याक्ट नेपालले सञ्चालन गरेको निःशुल्क शिबिरले आज नया जिन्दगी पाए जस्तै छु,म जस्ता भेरै जनाका लागी निःशुल्क शिविर अवसर बनेको छ”।
इम्प्याक्ट नेपालले बिगत साढे ४ बर्ष देखी सुदूरपश्चिम क्षेत्रमा अपागंताको क्षेत्रमा तथा बहिरोपना रोकथामका लागि काम गर्दै आइरहेको इम्प्याक्ट नेपाल कान उपचार केन्द्रको रुपमा अत्तरिया, बनखेतमा स्थापित भई कान सम्बन्धि सम्पुर्ण उपचार गर्दै आई रहेका इम्प्याक्ट नेपाल कान उपचार केन्द्र अत्तरियाका परियोजना अधिकृत राम बहादुर बोगटीले बताए ।उनले हाल सम्ममा ३४१ जनाको निशुल्क कानको शल्यक्रिया, २१६ जना बहिरोपनाको समस्या भएको अप्रेशन गरि श्रवण यन्त्र मेशिन ९ज्भबचष्लन बष्म० उरिएको बताए । अहिले सम्म करिब २१,७०० जनालाई कान उपचार केन्द्रबाट सेवा प्रदान गरिएको उपचार केन्द्रका अधिकृत बोगटीले बताए ।
उनका अनुसार इम्प्याक्ट नेपाल कान उपचार केन्द्र अत्तरियाले अपांगता परिचय पत्र बितरण सहजताको लागी निःशुल्क सुनाइ क्षमताको जाँच, निःशुल्क कान चेक जाँच घुम्ती शिबिर सञ्चा लन ग दै आएको छ ।
त्यस्तै सरकारी स्वास्थ्यकर्मीहरुलाइ कान चेक जाँच सम्बन्धी अभिमुखीकरण कार्यक्रम तथा कान चेक जाँच सम्बन्धी उपकरण सहित १ महिने आधारभुत अटोलोजी तालिम, कान स्वास्थ्य सम्बन्धि बिध्यार्थी तथा महिला स्वास्थ्य स्वंयम सेविकाहरुलाई अभिमुखीकरण कार्यक्रम लगायत परियोजना क्षेत्रमा स्थानिय पालिकाहरु संगै अपांगता संम्बन्धित कार्यक्रम संञ्चालन गर्दै आईरहेको उनले बताए ।कानको अप्रेशन गर्नु पर्ने बिरामी मध्यनजर गर्दै कार्तिक तेस्रो हप्ता सम्म पुनः निःशुल्क शल्यक्रिया शिबिर सञ्चालन गरिने योजना रहेको परियोजना अधिकृत बोगटीले जानकारी दिएका छन् ।