गिरीको शोकमा १३ दिनसम्म श्रद्धाञ्जलीका कार्यक्रम आयोजना गरिनेःसहमहामन्त्री आङदाम्बे

धनगढी ५ भाद्र । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आइतबार बिहान बसेको बैठकले कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा सांसद प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

उक्त बैठकमा गिरीको कामको मूल्यांकन गर्दै नेताहरुले शोक व्यक्त गरेका थिए । गिरीको निधनमा पार्टीको केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयहरुमा ३ दिनसम्म झन्डा झुकाइने सहमहामन्त्री भिष्मराज आङदाम्बेले बताए ।

उनका अनुसार गिरीको शोकमा १३ दिनसम्म श्रद्धाञ्जलीका विविध कार्यक्रमहरु आयोजना गरिने छ । गिरीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति ९ः३० बजे निधन भएको थियो ।

उनको पार्थिव शरीर दिउँसो २ बजेसम्म कांग्रेस कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राख्ने तयारी रहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार गिरीको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.