बझाङ जिल्लाको बागथलामा रहेको विद्यालयले गरेको शिक्षक नियुक्ति विवादित बन्यो

धनगढी ०५ भाद्र ।बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिका – ४ बागथलामा रहेको शिक्षोदय माध्यमिक विद्यालयले गरेको शिक्षक नियुक्ति विवादित बनेको छ ।विद्यालयले प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिङ तर्फ सहायक प्रशिक्षक र प्रशिक्षण सहायक पदमा गरेको नियुक्ती विवादमा परेको हो ।

परीक्षा समितिले त्रुटि गरेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्षले नै कारबाही गर्ने चेतावनी दिएका छन् । विद्यालयले साउन १२ गते प्राविधिक कम्प्युटर इन्जिनियरिङतर्फ सहायक प्रशिक्षक र प्रशिक्षण सहायक पदका लागि दुईजना शिक्षकको दरखास्त आह्वान गरेको थियो । विज्ञापनमा सहायक प्रशिक्षकका लागि प्रवीणता प्रमाणपत्र तहमा २.८ जिपिए न्यूनतम योग्यता तोकिएको छ भने प्रशिक्षण सहायकको लागि माध्यमिक शिक्षा परीक्षामा २ जिपिए न्यूनतम योग्ता तोकेको थियो ।

यसबारेमा उक्त विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मल्लले विरोध जनाएका छन् । परीक्षा समितिबाट त्रुटि भएको भन्दै छानबिन गरी कारबाही गर्ने चेतावनीसमेत विव्यस अध्यक्ष मल्लले दिएका छन् ।

विद्यालयले लिखित परीक्षा सञ्चालन गरी अन्तरवार्ताका लागि ५ जनालाई छनोट गरेको थियो ।जसमा दिनेश भण्डारी, भोजराज भट्ट, हेमन्तराज भट्ट, सुरेश मल्ल अन्तरवार्ताका लागि छनोट भएका थिए ।
३ भदौमा अन्तिम नतिजा प्रकाशन गर्दा हेमन्तराज भट्ट र सुरेश मल्ल छनोट भएका छन् । छनोट भएकामध्ये हेमन्तराज भट्टको शैक्षिक योग्यता दरखास्तमा उल्लेख भएबमोजिमको नभएको स्थानीयको भनाइ छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.