बैतडीमा १३ पसलमा २९ हजार ९३८ रुपैंया बरारबरको अखाद्य वस्तु फेला

धनगढी ४ भाद्र । बैतडीमा बजार अनुगमनका क्रममा २९ हजार ९३८ रुपैंया बरारबरको अखाद्य वस्तु फेला परेको छ ।

शुक्रबार जिल्लाको मोतीनगर, बाच्पानी र ढोल्यामोडमा बजारमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा तीन वटै स्थानका १३ पसलमा अनुगमन गर्दा २९ हजार ९३८ रुपैंया बरारबरको अखाद्य वस्तु फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

उनका अनुसार अखाद्य वस्तु बिक्रि तथा म्याद नाघेका खाद्य वस्तु बिक्रि गर्ने ६ वटा पसलमा जरिवना गराइएको छ । अखाद्य वस्तु बिक्रि गरीरहेका ६ पसलमा ५० हजार रुपैंया जरिवना गराइएको बताए ।

जिल्ला प्रसासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख एवं प्रतिनिधि, घरेलु तथा साखा उद्योग कार्यालय बैतडीका कर्मचारीहरुले अनुगमन गरेका थिए ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.