सुदूरपश्चिममा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्पको धक्का महसुस
धनगढी ४ भाद्र । सुदूरपश्चिममा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ ।
सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा गए राति १ बजेर २८ मिनेटमा गएको भूकम्पले धक्का महसुस गरिएको हो । लुम्बिनी प्रदेशको बाँकमा भूकम्पको केन्द्रबिन्दुे रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का बाँकेसहित सुदुरपशिचमका कैलाली र कञ्चनपुर र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिए ।
भूकम्प मापन केन्द्रका अनुसार ४ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको छ । भूकम्पको क्षतिबारे अहिले सम्म कुनै जानकारी नआएको भूकम्प मापन केन्द्रले जनाएको छ ।