एमसीसीबारे निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष ठाकुरलाई

काठमाण्डौ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा संसदीय दलले अमेरिकी सहयोग अनुदान सहायता सम्झौता (एमसीसी) का विषयमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ ।

बबरमहलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा आज बुधवार दिउँसो बसेको संसदीय दलको बैठकले एमसीसी सम्झौता सदनमा प्रवेश पाएपछि देशमा उत्पन्न समयसामयिक राजनीतिक अवस्थाबारे छलफल गरेको हो ।

बैठकले आफ्ना सांसदलाई संसदमा अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेको पार्टी नेता एवम् संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

नेपालको पूर्वाधार विकास र जनताको समृद्धिका पक्षमा एमसीसी रहेको जनाउँदै यस पार्टीले विगतका पक्षमा वकालत गर्दै आएको छ । लोसपा संसदीय दल १३ सदस्यीय छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.