शुक्रबार धनगढीमा विश्व मानवीय दिवस मनाईयोःल्याक लेपाल(LACC)

दिपक बम,धनगढी ३ भाद्र । धनगढीमा विश्व मानवीय दिवस मनाईएको छ । विश्व भर मनाईने उक्त दिवस शुक्रबार ल्याक (LACC) नेपालको आयोजनामा धनगढी उप–महानगरपालीका को वडा नं. १ र २ मा मनाईएको हो ।

विश्व मानवीय दिवसको अवसरमा मानिसमा हुने हिंसा अन्त्य गरौ, मानवीय हक हितको लागी काम गरौ भन्ने नाराका साथ सो कार्यक्रम वडा नं. १ र २ मा सम्पन्न गरीएको अधिबक्त पुष्प विक्रम शाहिले जानकारी दिए ।

उक्त कार्यक्रममा वडा नं. १ र २ का वडा अध्यक्षको पनि सहभागीता रहेको थियो । सो कार्य क्रममा बोल्दै  मानिसमा गरीने लैंगिक,धार्मिक,सांस्कृतिक,जातिय,विभेद् अन्य गरी मानवको लोक,हित र कल्याणका लागी सबैले काम गर्नु पर्ने वडा नं. १ का अध्यक्ष शन्तोस मुडभरीले भने ।

उनले मानिस सबै भन्दा बढी चेतनसिल प्राणी रहेकाले एक अर्काको मर्म पिडा बुझेर सहयोग गर्ने तथा एक अर्काले मान सम्मान गर्नु पर्ने बताए । उक्त कार्यक्रम LACC,UN WOMEN,UNDP,UNICEF को आयोजना तथा नेपाल सरकारको सहकार्य र युरोपेली संघ को आर्थिक सहयोगमा सम्पन्न गरीएको कार्यक्रम प्रमुख रक्षा रिसाल ले जानकारी दिईन् ।

उक्त सस्ंथाले विपत व्यवस्थापन,वातावरण संरक्षण,पिछडिएका महिला तथा असक्त,असाहय मानिको हितमा रहेर जनचेतना फैलाउने काम गरीरहेको कार्यक्रम प्रमुख रिसालले बताईन् ।

उनले इको–हिप सुपर प्रोजेक्ट ( ECO-HIP Super Project ) कार्यन्वयन भैरहेकोले विश्व मानवीय दिवसको अवसरमा कार्यक्रम गरिएको बताईन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.