पूर्चौडीको डिलेस्वरी माध्यमिक विद्यालयमा,कक्षा २ सम्म अङ्ग्रेजीमा पढाइ हुने
धनगढी ०३,भाद्र ।बैतडीको पूर्चौडीमा रहेको डिलेस्वरी मनुना माध्यमिक विद्यालयमा यस बर्ष देखि कक्षा २ सम्म अङ्ग्रेजी माध्यम बाट पढाइ सुरु भएको छ ।पूर्चौडी नगरपालिकाको वार्ड नं. १ हाटमा रहेको उक्त बिद्यालयमा भौतिक सुबिधा र विभिन्न बिषयका बिषयगत शिक्षकको ब्यवस्था गरिएको विद्यायले जनाएको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रण बहादुर बिष्ट को अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
बिद्यालयले कक्षा १र २ का बिद्यार्थीहरुलाई निःसुल्क रुपमा पाठ्यपुस्तक बितरण पनि गरेको प्रद्यानाध्यापक बिरेन्द्र बहादुर धानुकले जानकबारी दिए।पूर्चौडीमा २००४सालको जहानिया राणा शासनको बेला स्थापना गरिएको बिद्यालयमा पहिलो पटक कक्षा १ र २ कक्षमा मा शैक्षिकसत्र २०७९र८० देखि अङ्ग्रेजी माध्यम बाट पढाइ हुने भएको छ । अङ्ग्रेजी माध्यम बाट पढाइ हुने यो पूर्चौडीकै पहिलो बिद्यालयबन्न सफल भएको जनाईएको छ ।
बिद्यालय सरसफाईका सबै १०वटा सुचाकाकं पास गरेर थ्री स्टार घोषणा भैसकेको छ ।विहिवार एक कार्यक्रमका विच विद्यालयले सो कुरा जनाएको हो । कार्यक्रममा प्रमुख अथिती पूर्चौडी नगरपालिकाका शिक्षा शाखा प्रमुख शुरेन्द्र प्रसाद जोशी,अथितीहरु माध्यमिक विद्यालयका का सबै शिक्षकहरुको उपस्थिती रहेको थियो ।कार्यक्रम सन्चालन बिद्यालय का प्रधानाध्यापक बिरेन्द्र बहादुर धानुक ले गरेका थिए ।