किन गरिन् कैलालीकी महिलाले आत्माहत्या, ऋण तिर्न एक सस्थांले लगाएकोे थियो ताला

विष्णु भट्ट,धनगढी ०२ भाद्र । कैलालीमा एक महिलाले आत्माहत्या गरेकी छन् । जिल्लाको गौरीगगां नगरपालीका,चौमाला वडा नं. १ लठैयाकी ४६ बर्षीय रेस्मा चौधरीले बुधवार राती विष सेवन गरी आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक (डिएसपी) वेद प्रकास जोशीले बताए ।

पोस्टमार्टम गरी पाउँ भनी निवेदन आएकोले आत्माहत्या किन गरिएको रहेछ,अनुसन्धान भैरहेको उनले जानकारी दिए । महिलाको शव सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । प्रहरीका अनुसार उनले विषादी सेवन गरेर आत्महत्या गरेको खुलेको हो।
संचालित मृतक रेश्माले यूनिक नेपाल लघुवित्त वित्तीय सस्थां लिमिटेड चौमाला शाखा बाट ऋण लिएकी थिइन् । ऋण तिर्न सो सस्थांले उनको घरमा ताला लगाएको थियो । सस्थांले घरमा ताला लगाएकोले गाउँलेको लाजले रेस्माले आत्मा हत्या गरेको स्थानीय राज बहादुर चौधरीले बताए ।
अर्का स्थानीय दिल बहादुर रोकाया का अनुसार आजभोलीका सहकारी सस्थांहरुले माछाले जालो लगाए जस्तो गरेर समुह निर्माण गर्ने,पछि विभिन्न वाहानामा चर्को व्याजमा ऋण प्रभाह गरेर ठग्ने गरेको आरोप लगाए ।धनीलाई भन्दा गरीवलाई लघुवित्त वित्तीय सस्थांले ऋण दिएर फसाउने गरेको उनले आरोप लगाए ।

रेश्माका छोरा सरोज चौधरी ले सस्थांका कर्मचारीहरुलाई भाद्र महिना भित्रमा सबै ऋण चुक्ता गर्ने बताएको तर सस्थांका कर्मचारीहरुले जर्वजस्र्ती घरमा ताला लगाएको बताए । उनले भने मेरो आमाले यूनिक नेपाल लघुवित्त वित्तीय सस्थांकै कारणले आत्माहत्या गरेकोले सस्थांलाई कारबाही हुनुपर्ने माग गरे ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.