कैलालीको अत्तरीयामा गौरा पर्व तथा तीज विशेष कार्यक्रम हुदै
धनगढी २ भाद्र । अत्तरियामा गौरा पर्व तथा तीज विशेष कार्यक्रमको आयोजना गरिने भएको छ । यहिँ भाद्र ४ गते राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान केन्द्रिय समिति अत्तरिया कैलालीको आयोजनामा गौरा पर्व तथा तीज विशेष कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
आज बिहिबार अत्तरियामा पत्रकार सम्मेलनमा आयोजक राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष लिलाधर बास्कोटाले गौरापर्व तथा तीजको मौलिकता जोगाउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको बताए । उनले कार्यक्रममा मौलीक चाडपर्वलाई तडकभडक नगरी, ईतिहासको मौलीक संस्कृतिमा भएको प्रहार रोक्ने सन्देश दिइने बताए ।
‘राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानले नयाँ आउने पुस्तालाई मौलीक संस्कृती हस्तान्तरण गर्ने गरी बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको अध्यक्ष बास्कोटाले भने । उनले भने‘यसैको निरन्तरता लागी हामीले गौरा तथा तीजका मौलिक संस्कृतिलाई पनि नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्ने गरी कार्यक्रम आयोजना गरेका हौ ।’
कार्यक्रममा गौराका बारेमा जानकारी दिन कार्यपत्र प्रस्तुग गरिने भएको छ । जुन कार्यपत्र डा. टिएन जोशीले प्रस्तुत गर्ने अध्यक्ष बास्कोटाले जानकारी दिरए । उक्त कार्यक्रममा तीज गित प्रतियोगिता समेत आयोजना गरीने आयोजकले जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष बास्कोटाका अनुसार प्रतियोगितामा महिला हिंसा न्यूनिकरण सम्बन्धि शिर्षकमा रहेर आफैले रचना गरेका गित सामुहिक रुपमा गाउनु पर्ने छ । सो प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, द्धितिय हुनेलाई ३ हजार र तृतिय हुनेलाई २ हजार सहित प्रमाणपत्र दिइन अध्यक्ष बास्कोले बताए ।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन्द भट्ट रहने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा मुख्यमन्त्री भट्टलाई प्रदेशको कला संस्कृतिको खोज अनुसन्धान गर्न दवाव दिईने अध्यक्ष बास्कोटाले बताए ।