दार्चुलामा जीप दुर्घटनामा ज्यान गुमाएका पाँच जनाको सनाखत भयो

धनगढी, १ भाद्र । दार्चुलामा  जीप दुर्घटनामा ज्यान गुमाएका पाँच जनाको सनाखत भएको छ । दार्चुलाको शैल्यशिखर– ६ उल्लानीमा जीप दुर्घटना हुँदा  घटना स्थलमै मृत्यु भएका  ५ जनाको सनाखत भएको होे ।

मृत्यु हुनेमा बुंङगल नगरपालिका ८ बझाङका वर्ष ५५ की चम्फा बोहरा, पुने बोहरा,अन्दाजी वर्ष ५० का उज्जल बोहरा, हिकमत जाग्री र वर्ष ६० का रैभान बोहरा रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत मगरले जानकारी दिए ।

प्रहरीका अनुसारे जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. ६ उल्लानीमा आज बुधबार अपराहन ४ बजे गोकुलेश्वरबाट सदरमुकाम खलंगा जादै गरेको से १ ज ५५१ नम्बरको जीप दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा मालीकार्जुन बस्ने गौतमी धामी,रुपा धामी,गौतमी धामी,सुमन धामी,रेबती धामी,महाकाली नगरपालीका ३ का रमेश लुहार, वडा नं. ६ का डिलाराम कोली,डिलासैनी नगरपालीका बैतडी का प्रदिप राना र बुङगल नगरपालीका ८ का धनबहादुर जाग्री घईते भएका प्रहरी निरीक्षक मगरले बताए ।

उनका अनुसार घाइते सबै जनालाई घटना स्थलबाट उद्दार गरी गोकुलेश्वर अस्पताल उपचार भईरहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.