शाब्दिक माग सहित प्रदेश सरकारलाई ओल्को दियो, डोटेली कान्छाको नेतृत्वको टोली
प्रेम बिवश चन्द,धनगढी १ भाद्र । हाम्रो संस्कृति हाम्रो पहिचान नेपालले आज ओल्के पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारलाई शाब्दिक माग सहितको ओल्को सुदूरपश्चिम प्रदेश सरकारलाई बुझाएको छ ।
ओल्के पर्वको दिन हरेक बर्ष दिदै आएको ओल्को यस बर्ष मुख्य मन्त्री त्रीलोचन भट्ट , आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रणबहादुर रावल, सामाजिक विकास मन्त्री गोबिन्द बोहरा लाई आज संस्थाका अध्यक्ष सुरत रावत डोटेली कान्छाको नेतृत्वमा रहेको टोलीले ओल्को दिएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारलाई स्रष्टाहरुका लागि लोक कल्याणकारी कोषको स्थापना गर्नुपर्ने ,प्रादेशिक संगीत सेन्सर बोर्डको स्थापना गर्नुपर्ने , सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन २०७६ संशोधित गरि डेउडा र स्रष्टा प्रधान हुनुपर्ने , साँस्कृतिक संग्राहलय स्थापना गर्नुपर्ने लगायतका ४ बुदे माग सहित ओल्को बुझाईएको संस्थाका अध्यक्ष रावतले बताए ।
उक्त डोटेली कान्छाको नेतृत्वको टोलीले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल लाई समेत ओल्को दिइएको छ ।