दार्चुलामा जीप दुर्घटना हुँदा ५ को मृत्यु ९ घाइते

दार्चुला भाद्र १ । जिल्लाको गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगा जादै गरेको से १ ज ५५१ नम्बरको जीप दुर्घटना भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ मा पर्ने उल्लानीमा उक्त जीप दुर्घटना हुँदा ५ जनाको घट्ना स्थलमै मृत्यु भएको घट्ना स्थलबाट स्थानिय पत्रकार गणेश सिंह धामीले जानकारी दिए ।

मालिकार्जुन मन्दिर जाने गेटबाट १ किलोमिटर गोकुलेश्वर तर्फको क्षेत्रमा जीप दुर्घटना भएको उहाले जानकारी दिएका छन् । जीप दुर्घटनामा परी ४ जना पुरुष तथा १ जना महिलाको घट्ना स्थलमै मृत्यु भएको खबर प्राप्त भएको छ । जीप दुर्घटनामा परी ९ जना घाइते भएको पनि उहाले घट्ना स्थलबाट जानकारी दिनुभएको छ ।

घट्ना स्थलमा अहिले मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी र स्थानियहरु खटिएका छन, भने उद्दारको कार्य भइरहेको प्रारम्भिक खबर पनि प्राप्त भएको छ । घाइते सबै जनालाई घट्ना स्थलबाट उद्दार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.