ओल्केमा मान्यजनलाई कोसली दिएर मनाईने पर्व,संस्कृति विद् बद्रि विनाडी

दिपक बम,धनगढी १ भाद्र । सुदूरपश्चिमेलीको मौलीक पर्व ओल्के तिहार आज हर्षोल्लासका साथ मनाईएको छ। पहाडी समुदायमा हरेक बर्षको भाद्र संक्रान्तिका दिन ओल्के पर्वका रुपमा मनाउने गरेका छन् । सुदूरपश्चिमा ओल्के पर्व जेठो पर्वका रुपमा मनाउने गरिएको संस्कृति विद् बद्रि सर्मा विनाडीले बताए ।

उनका अनुसार परापूर्व काल देखि मनाईदै आएको ओल्को पर्वमा परिवारका ठूलाबडा, मान्यजन वा जेष्ठ नागरिकलाई सम्मान स्वरुप उपहार वा कोसली दिने गरिनछ । भाद्र संक्रान्तिका दिन फलफुल, पिडालुको पात, हरीयो सागपात, तथा मिठो मसीनो खानेकुरा ओलक भनेर दिने गरीन्छ । परिवारका ठूलाबडा, मान्यजनको घरमा गएर टिका ग्रहण गरी आशिर्वाद लिने प्ररलन रहिआएको संस्कृति विद् विनाडीले बताए । भाद्र संक्रान्तिका दिन गाउका सबै मिलेर नजिकको हरीयो रुखको हाँगामा बाबियो बाट बनाएको पिङहालेर खेल्ने,देउडा गाउने,रमाईलो गरेर मनाउने संस्कृति विद् विनाडीले बताए ।

सामाजिक मान्यता अनुसार वर्षामा हुने प्राकृतिक प्रकोप तथा संकटबाट बचेर नवजीवन प्राप्त भएको खुशियालीमा ओल्को पर्व मनाउने प्रचलन रही आएको संस्कृत विद् विनाडिले बताए । उनका अनुसार भाद्र संक्रान्तिका दिन विवाहित छोरी बहिनीहरु माइती घरमा ओलक लिएर आउने चलन रहेको छ । संस्कृति विद् विनाडील भने ‘ओल्के पर्वमा विवाहित छोरी बहिनीहरु माइतीमा ओलकको रुपमा फलफुल, तथा सेल रोटी,पुरी ल्याएर आउछन् ।

अनि माईती पक्ष बाट माघमा तिहार भनेर मिठो मसीनो खानेकुरा तथा सेल रोटी पुरी दिने प्रचलन रहेको छ । ओल्के संक्रान्तिका दिन बाट गाउँ नजिकैका ठाउँमा सबै जना मिलेर रूखका हांगा बिंगा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइने संस्कृत विद् विनाडिले बताए ।

उनले भने ‘त्यो थुप्रोलाइ स्थानीय भाषामा ‘बुढी’ हाले भन्ने गरिएको छ । भाद्र संक्रान्तिका दिन हालेको बुढीलाई असोज संक्रान्तिका दिन साँझको समयमा पोल्ने चलन रही आएको संस्कृत विद् विनाडिले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.