थेकीपुरमा पुलको ठेक्का पाएको ठेकेदार भागेपछि ११ बर्षसम्म पनि पुल बन्न सकेन

धनगढी – भजनी नगरपालिका –३ को थेकीपुरमा पुलको ठेक्का पाएको ठेकेदार भागेपछि ११ बर्षसम्म पनि पुल बन्न सकेको छैन । २०६८ सालमा पुल निर्माणको लागि चार करोड ४३ लाख रुपियाँमा ठेक्का भएको थियो ।साल्पा शेर्पा–लामा–बिरुवाले संयुक्त रुपमा पुलको ठेक्का पाएका भएपनि उनीहरुले अहिले काम गरेका छैनन ।३० महिनामा बनाइसक्नु पर्ने पुल निर्माणमा ठेकेदारले लापरवाही गर्दा स्थानीयले भने सास्ती खेप्नु परेको छ ।

पुलको काम पूरा नभएपछि करिब दुईरतीन किलोमिटर दूरीको फरकमा ठेकेदारले दुईवटा घाट ठेक्का लिएर डुङ्गामार्फत मान्छे तार्दै आएका छन् । एक वर्षका लागि १ लाख ५१ हजार पाँच सय रुपियाँमा ठेक्का लिएर करमदेव घाटमा डुङ्गा सञ्चालन गर्दै आएको लोकबहादुर कुमालले जानकारी दिए । उनले आफूसहित पाँच जना मिलेर घाट ठेक्का लिएको बताए ।

समयावधि रहेको सो पुलको म्याद पटक–पटक थप गर्दा पनि नबनाएपछि हुलाकी राजमार्ग आयोजनाले ठेकेदारसँग ठेक्का तोड्ने तयारी थालेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.