दार्चुलाको एक विद्यालयमा दुई जना विद्यार्थीलाई तिन शिक्षक पढाँउदै

दार्चुला – दार्चुलाको एक विद्यालयमा दुई जना विद्यार्थी मात्रै रहेका छन् । दार्चुला जिल्लाको महाकाली नगरपालिका–९ दत्तुमा रहेको केदार आधारभूत विद्यालयमा दुई जना विद्यार्थी मात्र भेटिएका हुन् । विद्यालयमा तीन जना शिक्षक कार्यरत छन् ।

नगरपालिकाका प्रमुख नरसिंह चैंसिरले अनुगमन गर्न जाँदा सो विद्यालयमा कक्षा १ र २ मा दुई जना मात्रै विद्यार्थी भेटिएका बताइएको छ ।

यसैगरी नगरपालिकाको शिक्षा शाखाले भने सो विद्यालयमा चालु शैक्षिक सत्रमा १४ जना विद्यार्थी भर्ना भएका जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.