यातायात कार्यालय धनगढी द्धारा नियम विपरित कर्मचारी नियूक्त,कर्मचारी तारेख बोक्दै

विष्णु भट्ट, धनगढी ३० साउन ।यातायात व्यवस्था कार्यालय धनगढी,कैलालीले नियम विपरीत करारमा कर्मचारी नियूक्ती गरेको भेटिएको छ । मोटो रकम लिएर अजय राज न्योपाने,प्रेम शाह लगाएत ३ जना महीला कर्मचारीलाई निमित्त कार्यालय प्रमुख लक्ष्मण शाह लगाएतका कर्मचारीले नियूक्ती गरेको स्रोतको दावि छ ।

यस अघिका करारका कर्मचारी नियूक्त गर्न पनि उनले मोटो रकम लिएको खुलेको छ । स्रोतका अनुसार सुदूरपश्चिम प्रदेश सरकारका केही मन्त्रीको दवावमा विज्ञापन नखोलि कर्मचारी भर्ना गरिएको हो । करारमा राखिएका कर्मचारीहरुको योग्यता पनि नपुगेको बताईएको छ । नियम विपरित पैशा र पावरको भरपुर प्रयोग भएको स्रोतको दावि छ ।

यस सम्बन्धमा कार्यालय प्रमुख शाहको अफिसियल फोन नम्बर ०९१–४१११६० मा सम्पर्क गर्न खोज्दा फोन नेटवर्क विजि भनिरहेको छ । उनले समय समयमा मोबाईल नम्बर परीवर्तन गर्ने,बन्द गर्ने गरेको स्रोतले जानकारी दिएको छ ।

यस्तै कार्यालय प्रमुख शाह लगाएतका कर्मचारी विरुद्ध भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा मुद्धा समेत परेको छ । आयोगका सूचना अधिकारी चन्द्र कान्त बस्नेतले विगत १ महिना अघि उजुरी परेको र अहिले मसिनो ढगंले अनुसन्धान भैरहेको जानकारी दिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.