नेपाल तरुण दल द्धारा राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग

काठ्मान्डौ ३० ,साउन । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका अध्यक्ष विद्वान् गुरुङले सोमबार विज्ञप्ति जारी गर्दै राजीनामा नदिए उनलाई महाभियोग लगाएर पदच्यूत गर्न सरकारसँग आग्रह गरेका छन्।

संघीय संसद्का दुवै सदनबाट पारित नागरिकता विधेयक फिर्ता गरेपछि तरुण दलले राष्ट्रपति भण्डारीको राजीनामा मागेको हो।

जारी विज्ञप्तिमा भनिएको छ, राष्ट्रको गम्भीर र जनताको जीवनसँग जोडिएको विषयमा खेलबाड गर्ने, बेवास्ता गर्ने र सीमित राजनीतिक पार्टीको चौघेरामा बसेर पदको मर्यादामा नरहने राष्ट्रपतिले नैतिकताको उच्च उदाहरण बनी राजीनामा दिनु उचित हुने अन्यथा महाभियोगबाट पदच्यूत समेत गर्न सार्वभौम संसद् र नेपाल सरकारसँग नेपाल तरुण दल केन्द्रीय समिति जोडदार आग्रह गर्दछ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.