प्रधानमन्त्री शेरबहादुर देउवा र सुदूरपश्चिमका मुख्यमन्त्रीको टिम द्धारा भेटवार्ता
धनगढी २० साउन ।प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा गठबन्धन पुर्णरुपमा लागु हुने बताएका छन् । प्रधामन्त्री देउवाले आईतबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट सहित आन्तिरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावल र सामाजिक बिकास मन्त्री गोबिन्द बोहराको भेटमा सो कुरा बताएका हुन् । प्रधानमन्त्री देउवालले गहन गृहकार्य, सहकार्य तथा छलफल गरेर मात्रै गठबन्धनको विषयमा निर्णय लिने बताएका छन् ।
सुदूरपश्चिको बिकस र ठुला परियोजना ल्याउनमा आफ्नो महत्वपुर्ण भुमिका रहेका बताउदै प्रधानमन्त्री देउवाले प्रदेशका लागि गेटा मेडिकल कजेज, सेती प्रादेशिक अस्पताल स्तरोन्नतीमा कुनै कसुर बाकी नराख्ने बताएका छन् ।
भेटमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तिरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावल र सामाजिक बिकास मन्त्री गोबिन्द बोहराले सुदूरपश्चिमको राजनीति र बिकासका बारेमा जानकारी गराएका थिए ।
सुदूरपश्चिम प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले भेटमा सुदुरपश्चिम प्रदेशको अबको चुनावी गठबन्धनको बारेमा छलफल भएको बताए । उनले स्थानीय तहको निर्वाचनमा कैलालीको टिकापुर जोसीपुर लगाएतका पालिकाहरुमा तालमेलमा समस्या भएकोले अब हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा गठबन्धन कसरी गर्दा उपयूक्त होला भन्ने विषयमा छलफल भएको बताएका छन् ।
मन्त्री रावलले सुदूरपश्चिमको विपद् व्यवस्थांपनको बारेमा पनी प्रधानमन्त्री सगं कुराकानी भएको र बाढि पहिरो बाट प्रभावितहरुलाई राहात लगाएतका कार्यक्रम ल्याउने प्रधानमन्त्रीले प्रतिबद्धता गरेको बताए ।
भेटवार्तामा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्द बोहराले सेती प्रादेशिक अस्पतालको प्रदेशको क्षेत्राधिकार भित्र पर्ने दुई सय बेडको काम भैसकोको र अब तिन सय बेड फेरी थप गर्नु पर्ने भएकोले मन्त्रीपरिषद बाट निर्णय गर्न आग्रह गरेको बताए । तिन सय बेडको अस्पताल सञ्चालनको लागि प्रधानमन्त्री र स्वंस्थ्य मन्त्रीले तुरुन्त मन्त्रीपरिषद बाट निर्णय गराउछौ भनेर भनेका मन्त्री बोहराले जानकारी दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवा र सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट, सुदूरपश्चिमका कानुन मन्त्री रणबहादुर रावल र सामाजिक विकास मन्त्री गोविन्द बोहरा बीच भेटवार्ता भएको हो ।