कैलालीको मोहन्याल गाउँपालिका का अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
धनगढी,२९ साउन । कैलालीको मोहन्याल गाउँपालिकाका छैठौं तहका अधिकृत दीपेन्द्र बुढाक्षेत्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। क्षेत्रीविरुद्ध ४४ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा चलाएको हो। आयोगले सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा २०७९ साउन १ गते नियन्त्रण लिएको थियो।
आयोगका अनुसार, बुढाक्षेत्रीले सामानको बिल भुक्तानी गर्न सेवाग्राहीसँग घुस माग गरी १४ हजार रुपैयाँ बैंक खातामा ट्रान्सफर गर्न लगाएका थिए। आयोेगले ३० हजार रुपैयाँ अभियुक्तको साथबाट बरामद गरेको थियो।