कैलाली स्थित धनगढी पोलिटेक्नीकल इन्स्टिच्यूटमा विद्यार्थीले तालाबन्दी गरे

धनगढी, २९ साउन । कैलाली स्थित धनगढी पोलिटेक्नीकल इन्स्टिच्यूटमा विद्यार्थीले तालाबन्दी गरेका छन्। उपमहानगरपालिका द्वारा सञ्चालित इन्स्टिच्यूटमा आज विद्यार्थीले विभिन्न माग राख्दै ताला लगाएका हुन्। वडा नम्बर ६ मा रहेको इन्स्टिच्यूटमा ड्रोइङ शिक्षक, शैचालय निर्माण, खानेपानी तथा विद्युतको व्यवस्थापन, ल्याब स्थापनाको मागसहित ताला लगाइएको विद्यार्थी अमित ठगुन्नाले बताए।

यस्तै प्रयोगात्मक परीक्षसमेत दिन नपाएको गुनासो समेत विद्यार्थीले गरेका छन् । चालु वर्षका लागि बजेटपनि नदिएका कारण अनिश्चितकालका लागि कार्यालयमा ताला लगाएको विद्यार्थी ठगुन्नाले बताए। उपमहानगरपालिका उक्त माग सम्बोधन हुनेगरि काम नगर्दासम्म ताला नखोल्ने विद्यार्थीको भनाई रहेको छ

सम्बन्धित
Leave A Reply

Your email address will not be published.