मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा दुई जना घाइते

धनगढी २८ साउन । कैलालीमा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार गौरीगंगा नगरपालिका ६ वनभेडा नजिक से २ प १७५३ नम्बरको मोटरसाइकलले चुरे गाउँपालिका ५ का २९ वर्षीय हर्क अर्थलालाई ठक्कर दिएको हो ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक गौरीगंगा ६ का ३० वर्षीय हरिश साउद र साइकलयात्री अर्थला घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। दुवै जनाको अवस्था सामान्य रहेकोले चौमालास्थित बडीमालिका पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले बताएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.